Apply for Membership Member Login

साहित्यकार कमलमणि दीक्षितको श्रद्धाञ्जली

साहित्यकार कमलमणि दीक्षितको श्रद्धाञ्जली

स्थानः होटल आनन्द, पृथ्वीचोक, पोखरा

नेपाली को हो? विश्वको जुनसुकै कुनामा रहे बसे पनि नेपाली भाषा बोल्ने र नेपाली साहित्य, कला र संस्कृतिको अनुयायी नेपाली हो । साहित्य के हो? लिखित होस वा अलिखित होस कुनै पनि जातिको कलात्मक अभिव्यक्ति नै साहित्य हो । विकास के हो ? नेपाली जातीको लिखित वा अलिखित कुनै पनि कलात्मक हृदयस्पर्शि अभिव्यक्तिको दायरालाई प्रशस्त गर्दै जानु नै बिकास हो । विकास किन? यो व्यापक विश्वमा लुप्त प्रायः नेपाली जातीय आत्मगौरवको पुनस्र्थापना । अन्तर्राष्ट्रिता के हो? नेपालका नागरिक मात्र नेपाली होइनन, बरु विभिन्न राष्ट्रका नेपाली भाषा भाषी सबै नेपाली हुन् भन्ने नेपाली जातीय धारणा हो अन्तर्राष्ट्रियता । समाज के हो? नेपालीको हृदयको उदगार प्रति इमानदार, सत्यनिष्ठ व्यक्तिहरुको समूह । नेपाली साहित्य समाज के हो? नेपाली साहित्य प्रति अन्तत्र्रिmया बढी भएका र त्यस प्रति आस्थावान व्यक्तिहरुको समूह नै नेपाली साहित्य समाज हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज के हो ? भूगोल, काल र राज्यका सीमा भन्दा माथि उठेर अन्तराष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति समर्पित व्यक्तिहरुको समूह नै अनेसास हो । अनेसासको अध्ययनका विविध पक्षहरु छन्ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा पद, विभूषण तथा पारितोषिकहरु, विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम, कविता महोत्सव, अनेसासका पुस्तक प्रकाशन र अन्तर्दृष्टि पत्रिका प्रकाशन, र ग्लोबल नेटवर्क इत्यादिका बारेमा अध्ययन गर्न सकिन्छ तर यो लेखको उद्देश्य र क्षेत्र नेपाली साहित्यको विकासमा अनेसासको भूमिकाको संक्षिप्त पर्यवेक्षण गर्नु मात्र हो । यसबारे क्यानडाबाट निक्लने एनसिएन्सीको प्रकाशन ‘दियालो’ले होमनाथ सुवेदीको ‘नेपाली साहित्यको विकासमा अनेसासको भूमिका’ नामक एक लेख १९९६ मा छापेको छ । त्यसकै आधारका विकसित अर्को संस्करण ‘अन्तर्दृष्टि’ वर्ष १२, अङ्क ३, कार्तिक, मंसिर २०६१मा छापिएको थियो त्यसको होमनाथ सुवेदीद्घारा नै परिमार्जित अभिलेख हो यो ।

Message from President

नमस्ते अनि साहित्यिक अभिवादन ! स्वदेश तथा विदेशमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुरयाउनु हुने समस्त साहित्यिक मनहरुमा अनेसास गण्डकी समितिको तर्फबाट स्वागत गर्दछौं । अनेसासको मुल मन्त्रलाई अवलम्वन गर्दै नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनको निम्ति सदा क्रियाशिल भई अगाडी बढ्ने प्रण गर्दछौं ।

पुरा पढ्नुहोस् ...
Donation

Make A One Time Donation

Donate Now