Apply for Membership Member Login

About Us

अनेसास गण्डकीको बारे

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको हो । यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २०१६ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिको स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा स्वैच्छिक हिसावले नेपाली भाषा, साहित्य, कला, संगीत आदिका क्षेत्रमा नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो ।

नेपालीपनलाई अन्तर्राष्ट्रिय जगतमा सजीव र गतिशील राख्नका लागि प्रयत्नशील रहने पवित्र लक्ष्यका साथ हालसम्म संसारका ३० देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ६५ वटा भन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् ।

संसारभरमा छरिएर रहेका नेपाली मूलका मानिसहरुलाई संगठित गरी एकापसमा हरदम उत्साहित गराउंदै नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नृत्य आदिलाई लेखन, पठन–पाठन, प्रकाशन, वितरण र अनुवाद आदिका माध्यमबाट नेपालीत्वको भावनालाई हरिलोभरिलो तथा जीवन्त राख्दै नेपाली भाषाको प्रवद्र्धन र संरक्षण गर्नु नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विशिष्ट उद्येश्य रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले समाजका केन्द्रका मूख्य उद्देश्य, लक्ष्य र कार्यलाई नै मूलभूतरुपमा अवलम्वन गर्ने गर्दछ ।

अनेसास स्थापनाको पृष्ठभूमि

नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो? यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्ई सम्झनुपर्छ । सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन गर्ने प्रयास गरे । तर स्वयंसेवकहरुको कमीले गर्दा सम्भव हुन सकेको थिएन । सन १९८० देखि सन १९९० सम्म प्रशस्त नेपालीहरु यहाँ भित्रिए । फलतः सन १९९१ को भए ‘एएनएस’ ले नेपाली भाषाको बिकाशमा सघाउ पुयाउने लक्ष्यले नेपाली भाषा समिति गठन गर्यो । यो नेपाली भाषा समितिले “Twentyfive Years of ANS” नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । तापनि यो समिति केवल एक वर्षको लागि गठन भएको र यो सानो समितिले नेपाली भाषा र साहित्यप्रति बड्दो चाखको उद्देश्य पृुरा गर्न सम्भव थिएन । यसै बेला नेपालका केही साहित्यकारहरु अमेरिकामा पनि नेपाली साहित्यको उत्थानको लागि कुनै संस्था हुनुपर्छ भनी ‘एएनएस’ का तत्कालीन उपाध्यक्ष तथा नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीसंग आग्रह गरिरहेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा अमेरिकाका नेपाली कसरी मद्दत पुराउन सक्छन त? प्रश्न त ठूलै थियो तर समाधान पनि गारो थिएन । कुरै कुरामा निष्कर्ष के निकाले भने वर्षभरी प्रकाशित भएका नेपाली साहित्यका पुस्तकमध्ये सर्वश्रेष्ठ ठहरिएको कुनै एक पुस्तकको लेखकलाई वर्षैंे यौटा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार मात्र दिने व्यवस्था गर्न सकेपनि नेपाली साहित्यको फाँटमा अमेरिकाको ठूलो योगदान हुन सक्छ । यसै कुरालाई लक्ष्य बनाएर माथि भनिएका भित्र र बाहिरका समर्थकहरुको सहयोग लिएर नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीबाट अनेसासको गठनको कार्य प्रारम्भ भयो । यस सन्दर्भमा बेलुका बेलुका कन्फेरेन्स कलमा बसेर नेपाल अमेरिकाको दूरीमा पनि यो संस्था स्थापनामा कार्यको लागि काम कुरा निरन्तर गरिरहने शिवप्रसाद सत्याल ‘पीठ’, अच्युत श्रेष्ठ र लव गाउंले अविष्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि । जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको निवासस्थानमा यसको विधान परिषदको गठन भयो । संस्थापक विधान परिषद्मा डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टराई, श्री शिवप्रसाद सत्याल ‘पीठ’, श्री राम मालाकार, श्री होमनाथ सुवेदी, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यो विधान परिषदले नै अब नेपाली भाषा समिति अवधि पुरा भए पछि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा यहाँको समाज असंगठित नहुने भो भन्ने कुरो देखाइदियो । अर्को शव्दमा भन्दा नेपाली भाषा समितिले गर्ने काम र त्यो भन्दा बढी दायित्व बोकेर “अनेसास” देखापर्यो । नेपाली भाषा र साहित्यप्रति रुची हुनेहरुको लागि यो अत्यन्त खुशीको कुरा थियो ।

Message from President

नमस्ते अनि साहित्यिक अभिवादन ! स्वदेश तथा विदेशमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुरयाउनु हुने समस्त साहित्यिक मनहरुमा अनेसास गण्डकी समितिको तर्फबाट स्वागत गर्दछौं । अनेसासको मुल मन्त्रलाई अवलम्वन गर्दै नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनको निम्ति सदा क्रियाशिल भई अगाडी बढ्ने प्रण गर्दछौं ।

पुरा पढ्नुहोस् ...
Donation

Make A One Time Donation

Donate Now